चिसो र अधिक उचाइका कारण दुई बिरामीसहित १६ जना मंगलबारदेखि गणेश हिमालको आधार शिविरमा फसेका छन् । उद्धारका लागि बुधबार गएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ । डिभिजन वन कार्यालय धादिङका रेन्जर अनुसुया ढुंगानाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उद्धारका लागि सेनाको हेलिकोप्टर बुधबार दिउँसो आधार शिविर पुगेको थियो । तर, खराब मौसमका कारण अवतरण हुन…