काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन प्राधिकरण कार्यालयले खादा र मालाका कारण सुरक्षा जाँच उपकरण बिग्रिएकाले आगामी दिनमा नल्याउन र प्रयोग नगर्न भनेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा झुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण…