राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित

काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियन गेम्समा रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मीलाई सम्मान गरेको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधवार राखेपले आफ्नो ६१ औँ वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गरेको हो । दुवै समान एक लाख नगद…