गृह मन्त्रालयले काठमाडौंसहित पाँच जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, अर्घाखाँची र प्यूठानमा नयाँ सिडिओलाई पठाइएको छ । काठमाडौंको सिडिओको जिम्मेवारी सहसचिव जयनारायण आचार्यलाई दिएको छ । यसअघि आचार्य कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतको गृह मन्त्रालयमा सरुवा भएको छ। सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिला…