६५ हजारभन्दा बढी श्रम स्वीकृति जारी गरेको अफगानिस्तानको दाबी

एजेन्सी – अफगानिस्तानको तालीवान् सरकारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले विगत आठ महिनामा ६५ हजारभन्दा बढी श्रम स्वीकृति जारी गरेको मन्त्रालयका प्रवक्ता समिउल्लाह इब्राहिमीले बताएका छन् । शनिबार स्थानीय सञ्चारमाध्यम टोलोन्युजसँगको कुराकानीमा श्रम तथा सामाजिक मामिला मन्त्रालयले मार्चपछि महिला र केही विदेशी नागरिकसहित ६५ हजारभन्दा बढी व्यक्तिलाई ‘वर्क परमिट’ जारी गरेको ती अधिकारीले जानकारी दिए ।…