विश्व कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर आइपुगेका पर्वतारोहीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ। सोमबार नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष समारोहको आयोजना ९ जना विश्वकीर्तिमानी आरोहीहरूलाई भव्य स्वागत गरेको हो। विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बनेकी दावा याङ्जुम शेर्पा, विश्वकै सबैभन्दा कान्छो…