पहिरोले गोठ पुरिँदा युवकको मृत्यु

काठमाडौं । पहिरोले गोठ पुरिँदा अर्घाखाँचीको शितगंगा नगरपालिकामा एक युवकको मृत्यु भएको छ । शितगंगा नगरपालिका- १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिरो खस्न थालेपछि गाईवस्तु फुकाउन गोठमा पसेका थापालाई पहिरोले पुरेको थियो । पहिरोले पाडो र दुई बाख्रासमेत च्यापिएका छन् ।…