सरकारले ललिता निवास प्रकरणको फाइल खोल्याे,६ जना पक्राउ

काठमाडौं। ललिता निवास प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको हाे । सरकारले ललिता निवास प्रकरणको फाइल खोलेकाे छ ।