काठमाडौं । एक सरकारी शिक्षकले ६७ वर्षको उमेरसम्म जागिर खाएको खुलेको छ । विशेष अदालतले बोधराज पौडेललाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गरेको छ । पौडेलले २०१३ बैशाख १७ गते जन्मिएको नागरिकता पेश गरेर अस्थायी शिक्षकको जागिर खाएका थिए, तर २०६० सालमा शिक्षक सेवा आयोगमा दरखास्त दिँदा उनले २०२० बैशाख १७ गते जन्मिएको…