नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ। चिकित्सा शिक्षा आयोगले यो विषयमा अध्ययन गरिरहेको छ। एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ। आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ। नर्सिङ शिक्षाको दायरा फराकिलो…