काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ११ वर्षे विकास ऋणपत्र २०९२ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक…