मोरङमा हात्तीको बच्चाको मृत्युको कारण विद्युतीय धराप, एक जना पक्राउ

काठमाडौं । मंगलबार मोरङको बेलबारी नगरपालिका–३ मा मृत भेटिएको हात्तीको बच्चा (छावा) विद्युतीय धरापका कारण मरेको खुलेको छ । मंगलबार बिहान स्थानीय विनोद थापाको टिक (एक प्रकारको रुख) बगानभित्र अन्दाजी २-३ वर्षको पोथी छावा मृत फेला परेको थियो । प्रारम्भिक अनुसन्धाका क्रममा न्याउरीमुसोका लागि थापेको विद्युती धरापमा परेर हात्ती मरेको देखिएको सब डिभिजन वन कार्यालय…