काठमाडौं । फिल्म ‘कल्की २८९८ एडी’ बिहीबारबाट विश्वव्यापी प्रदर्शनमा आएको छ । साइन्स फिक्सन यो फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ । बक्स अफिसमा फिल्ममा उत्कृष्ट सुरुवात गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आधिकारिक रिपोर्ट आइनसकेपनि फिल्मले बिहीबार करिब १०० करोड भारुको ओपनिङ गरेको हुनसक्ने ट्रेड एनालिस्टहरुलाई उद्धृत गर्दै…