अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोसल मिडिया प्लाटफर्म टिकटकमा जोडिएका छन् । आफू राष्ट्रपति हुँदा चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका ट्रम्पले अन्ततः शनिबार टिकटकमा खाता खोलेका हुन् । टिकटकमा उनको प्रवेश धमाकेदार रह्यो । टिकटकमा आएको केही घण्टामै ट्रम्पका फलोअर्सको संख्या १० लाख पुगेको थियो भने २४ घण्टाभित्र ३० लाख फलोअर्स पुगेका थिए ।…