फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले आश्चर्यजनक रुपमा नाफा गरेको छ । खर्च कटौतिका कदम तथा डिजिटल विज्ञापन व्यवसायमा भएको सुधारसँगै कम्पनीको आम्दानी तथा मुनाफामा वृद्धि भएको हो । उसको फेसबुक र इन्स्टाग्राममा विज्ञापन बढेसँगै कम्पनीको आम्दानीमा वृद्धि भएको हो ।वित्त वर्ष २०२४ अप्रिलदेखि जुनसम्ममा कम्पनीले ती प्लेटफर्ममा विज्ञापनबापत ३९ अर्ब डलर आम्दानी गरेको छ।…