काठमाडौं- राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० ले पराजित गरेको हो । आर्मीका लागि विमला चौधरीले २५औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । त्यस्तै खेलका ६१औं मिनेटमा अमिषा कार्कीले आर्मीका तर्फबाट अर्को गोल गरिन् भने ९०औं…