कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न सबैमा अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भइरहेको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सबैका जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न…