अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

काठमाडौं । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको मुद्दामा गठित विज्ञ टोलीले ‘एक्सपर्ट रिपोर्ट’ तयार गरी अदालतमा बुझाउने प्रक्रिया अघि बढिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले इरानको स्थानीय अदालतमा विचाराधीन उक्त मुद्दाको निरूपण त्यहाँकै कानुनअनुसार हुने भन्दै झाको निष्पक्ष सुनुवाइका लागि उपलब्ध सबै माध्यमबाट निरन्तर कूटनीतिक पहल भइरहेको जनाएको हो । जारी विज्ञप्तिमा…