काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइएको छ । यहाँस्थित नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालयले आज जोमसोमस्थित गणेश मन्दिरबाट पुजाअर्चना र सलामीसहित आ-आफ्नो शक्तिपीठमा सैनिक बाजागाजासहित फूलपाती डोली भित्र्याएको हो । यसअघि जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणबाट नेपाली सेनाको टोली नवरात्रको पहिलो दिन…