काठमाडाैँ । स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनलाई राजदूत नियुक्त गरेका हुन् । सुवेदीलाई संयुक्त राष्ट्रसंघका लागि नेपालको अस्थायी नियोग जेनेभा, विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा पनि नियुक्त गरिएको छ। ‘सम्माननीय…