पत्रकार दिपेन्द्र खनिया मृत फेला

काठमाडौँ। पत्रकार दिपेन्द्र खनिया मृत फेला परेका छन् । खनिया बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले पुष्टि परे । खनियाले आत्महत्या गरेको प्रहरीको आशंका छ । एसपी भट्टराईका अनुसार अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । खनिया रेडियो अडियो एफएमका सञ्चालक थिए ।

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ । शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको बताएका छन् । शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुल्का गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो । संकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव हतियारले काटेर टुक्रा पारेको अवस्थामा भने थिएन । सिंगो अवस्थामा शव भेटिएको छ । उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।