कांग्रेस विवादः अनुशासन समितिबाट स्पष्टीकरण र कार्यसम्पादनबाट संवादको निर्णय

काठमाडौं । नेपाली कांग्रसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सभापति गगन थापाले शेरबहादुर देउवापक्षसँग वार्ता गर्ने भएका छन् । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असन्तुष्ट नेताहरूसँग वार्ता र छलफलका लागि सभापति गगन थापालाई जिम्मा दिने निर्णय गरेको छ । कार्यसम्पादन समितिले वार्ता गर्ने निर्णय गरे पनि अनुशासन समितिले भने देउवापक्षीय शीर्ष नेता पूर्वउपसभापति पूर्णबहादुर…