रास्वपाले सञ्चारगृहअघि शंकास्पद गाडीबारे सार्वजनिक गर्यो धारणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।सोमबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै सञ्चारगृह र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख गरेका छन् । पार्टीले स्वतन्त्र र निर्भिक पत्रकारिता लोकतन्त्रको आधार…