काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले बागमती स्विट्स उद्योगमा गम्भीर लापरबाही फेला पारेको छ। आकस्मिक अनुगमनका क्रममा उद्योगको सरसफाइ र गुणस्तरमा ठूलो समस्या देखिएको विभागले जनाएको छ। अनुगमन टोलीले ड्राइफ्रुट्स प्याकिङका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको भेटाएको छ। टोलीले कीरा लागेको करिब ५ किलो…