काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरस्वती पूजाका दिन काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा एक हजार ११५ जना नयाँ बालबालिकाको अक्षरारम्भ गरेका कामपा शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको वर्षभन्दा यस वर्ष १४४…