काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेट वार्ता गरेका हुन् । भेटमा नेपाल –भारत द्विपक्षीय हितका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको…