काठमाडौँ- एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औँ मिनेटमा गोल गरेकी हुन् । यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो ।