काठमाडौँ। पूर्वगभर्नर चिरञ्जीवी नेपाल रुपन्देही-३ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिएका छन् । १७ कात्तिकमा रुपन्देही-३ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सहित सात जना आकांक्षी देखिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलका पूर्व आर्थिक सल्लाहकार समेत रहेका नेपालले रुपन्देही-३ क्षेत्रका मतदाताले उम्मेदवार हुन आग्रह गरेको सुनाए । पाल्पा जन्मस्थान रहेका नेपालको रुपन्देही-३…