नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतमा शुक्रबार पेस भएको मुद्दा आज आइतबार दर्ता भएको हो । मोरङ जिल्ला स्थायी घर भएका कानूनका विद्यार्थी आयुष दाहालले श्रेष्ठले भदौ ६ गते सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टबाट अदालतको अवहेलना भएको जिकिर गरिएको छ…