काठमाडौं । सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा पछिल्लो समय सरकारले डोजर चलाएर आवास भत्काइएको विरोधमा शनिबार माइतीघर मण्डलामा खबरदारी सभा गरिएको छ । ‘यो देश गरिबको पनि हो’ भन्ने नारासहित श्रम संस्कृति पार्टी बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागीहरू वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउनु अमानवीय भएको बताउदै प्रदर्शनमा उत्रिएका हुन् । हालै काठमाडौंसहित विभिन्न स्थानमा सुकुम्बासी बस्ती…