काठमाडौँ । नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक मंगलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको निरीक्षण र मर्मतसम्भारका कामलाई अझै प्रभावकारी बनाउन सर्वेक्षण र नक्सांकनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका…