काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार विज्ञान तथा सूचना प्रविधि विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले अहिले इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समय रहेको बताए। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउ नसके नेपालमा धेरै काम गर्न सकिने उनले बताए। ‘आजको समय नै इन्टरनेटको हो।…