काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री सुडीले विधेयकमा सुधारको आवश्यकता भएका बताउँदै बालसुधार गृहका लागि यो विधेयक उपयोगी हुने धारणा राखे। ‘सङ्घीय सरकारको मातहतमा पाँच वटा बालसुधार गृह…