काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन ‘डी’ को कमी देखिएको छ । लामिछानेको रगत परीक्षणको रिपोर्टबारे जानकारी दिँदै वरिष्ठ चिकित्सक डा. जितेन्द्र प्रसाद यादवले शरीरमा भिटामिन ‘डी’ न्यून भएको पुष्टि गरेका छन् । डा. यादवका अनुसार लामिछानेलाई विगत १२६ दिनदेखि रूपन्देही कारागारमा थुनिएकै कारण नियमित घाम नपुगेको र खुला वातावरणको…