कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ । अधिवक्ता मनिराम उपाध्यायले दर्ता गर्न ल्याएको रिट निवेदनलाई सर्वोच्चले दरपीठ गरेको हो । सर्वोच्च प्रशासनले असोज १९ गते रिट निवेदन दर्ता गर्न नमिल्ने भन्दै दरपीठको आदेश जारी गरेको हो। दरपीठ आदेशमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पहिले नै…