काठमाडौँ। दलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्न विज्ञहरूबीच विचारविमर्श भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुल्चोक क्याम्पसको ‘मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ’ विभागमा बिहीबार आयोजना गरेको एकदिने कार्यशालामा सुरक्षाको दृष्टिले महत्त्वपूर्ण पाटोका रूपमा रहेको ‘फ्लाइट डाटा मोनिटरिङ एन्ड एनालाइसिस’ विषयमा सम्बन्धित वायुसेवा कम्पनी तथा अन्य सरोकारवाला निकायबीच छलफल भएको…