अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौँ । साउन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असारको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.६९७५ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर असार महिनामा ५.९०२ प्रतिशत विन्दु रहेको थियो । ब्याजदर घटाउने बैंकहरुमा प्रभु…