काठमाडौँ- सुर्खेतमा ठूलो मात्रामा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकैसाथ नक्कली नोट कारोबार तथा लागुऔषध कारोबारमा संलग्नहरूलाई पक्राउ गर्दै ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका-१२ ठकुरीटोलमा डेरा…