काठमाडौं - सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले थालेको हस्ताक्षर अभियानमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि हस्ताक्षर गरेका छन्। रास्वपाले सञ्चालन गरेकाे हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउँदै पूर्वप्रधानमन्त्री भट्टराई हस्ताक्षर गर्न रास्वपा कार्यालय, बनस्थली पुगेका हुन् । लामिछानेविरुद्ध सिंगो राज्यशक्ति नै लागेकाले त्यसविरुद्धको हस्ताक्षर अभियानमा आफूले ऐक्यबद्धता जनाएको उनले बताए। रास्वपाले लामिछानेको…