निजी विद्यालयलाई कम्पनी वा गुठीमा सञ्चालन गर्न दिने प्रस्ताव पारित

काठमाडौँ- शिक्षा समितिले निजी विद्यालयको विषय टुङ्गो लगाएको छ । समितिका सभापति अम्मरबहादुर थापाले गरेको प्रस्ताव बैठकले पारित गरेको हो । निजी विद्यालय सेवामुलक, लोक कल्याणकारी र गैरनाफामुलक बनाएर जाने गरी सञ्चालन गर्ने विषय सर्वसम्मतिबाट पारित भएको छ । अब विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालन कम्पनीमार्फत वा गुठीमा जान सकिने व्यवस्था गर्न लागिएको छ।…