हत्या गरी सुनका गहना लुटपाट र किनबेच गर्ने ६ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा महिलाको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका(७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका-१३…