अब ई-७ भिसामा नेपाली कामदार कोरिया जान नपाउने

काठमाडौँ । ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई-७ भिसामा कोरिया जाने बाटो नखुलेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ। हाल रोजगार अनुमति प्रणाली…