काठमाडौँ । नेपाल सरकारले भारत-पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ। ‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्ट रूपमा निन्दा गर्दै आएको छ। आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको छ, ’विज्ञप्तिमा भनिएको छ। सरकारले…