काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

धुलिखेल (काभ्रेपलाञ्चोक) । महाभारत गाउँपालिका-५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो । बागमती प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले ‘एक…