काठमाडौं- सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ । आज (मंगलबार) सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्। त्यस्तै उनले जिल्ला अदालतमा दर्ता हुने विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको समेत…