काठमाडौं- निजामती सेवा विधेयकअन्तर्गतको कुलिङ पिरियड प्रावधानका सम्बन्धमा भएको त्रुटिबारे छानबिनका लागि बनेको समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ। सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा जारी बैठकमा खतिवडासँग सोधपुछ भइरहेको समितिका एक सदस्यले जानकारी दिएका छन् । ‘अहिले बैठक बसिरहेको हो, त्यहीं उहाँ (रामहरि खतिवडा) पनि हुनुहुन्छ । कुरा भइरहेको…