नेपालको इतिहासमा पहिलो पटक प्रधानमन्त्रीमा महिला, सुशीलाको अर्को किर्ति पहिलो प्रधानन्यायाधीश पनि

काठमाडौँ । नेपालले पहिलो पटक महिला प्रधानन्यायाधीश पाएको दिन इतिहासको पाना पल्टिएको थियो। त्यति बेला यो पदमा पुगेकी व्यक्ति थिइन् -सुशीला कार्की। आज, न्यायपालिकाको सर्वोच्च पद सम्हालेको करिब आठ वर्षपछि, उनी फेरि अर्को ‘पहिलो’ बन्ने क्रममा छिन् -मुलुकको कार्यकारी प्रमुख बन्ने पहिलो महिला। २००९ जेठ २५ मा मोरङको शंखरपुरमा किसान परिवारमा जन्मेकी कार्की सात सन्तानमध्ये…