दसैँमा विदेशबाट आउँदै हुनुहुन्छ, के के ल्याउन पाइन्छ ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दसैँमा विदेशबाट नेपाल फर्कँदा यात्रुले ल्याउन पाउने वस्तुहरूको सूची सार्वजनिक गरेको छ । विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीमा गएका नेपालीले घर फर्कँदा ल्याउन मिल्ने र नमिल्ने वस्तुको सूची निकालेको हो । भन्सार कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले साथमा निश्चित परिमाणमा सुनका गहना, मोबाइल तथा टेलिभिजन ल्याउन पाउँछन्…