‘सगरमाथा संवाद’ को तयारी चुस्त दुरुस्त गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौ‌मा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरुको निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा…