नेपाली सेनाका गुल्मपति पण्डित सम्पर्कविहीन

काठमाडौं । डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् । गएरातिदेखि पण्डित सम्पर्कबिहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले बताए । पण्डित गएराति बडीगार्ड छाडेर एक्लै निस्किएका थिए ।