काठमाडौँ-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता भएको बताएका छन् । चीनको जेझियाङ प्रान्तको निङ्बो शहरमा आज आयोजित शंघाई सहयोग संगठन (एससिओ) को सदस्य राष्ट्रको पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकको ‘उच्च-गुणस्तरीय ऊर्जा विकासका लागि नीति नवप्रवर्तन’सम्बन्धी सत्रमा आफ्नो धारणा राख्दै मन्त्री खड्काले ऊर्जा सुरक्षालाई आधुनिक जीवनको आधारभूत आवश्यकता भन्दै क्षेत्रीय सहकार्य, लगानी…